Get it on Google Play
Download on the App Store

भोगाई र जिन्दगी (UNK)


Bijay Mehta
जिन्दगीको मूल्य हे भगवान, मलाई किन यति दुःख दिएको? फलानोले नयाँ घर बनायो, गाडी किन्यो विहे गरेर श्रीमति पनि राम्री पायो । मलाई किन यस्तो अन्याय गरेको प्रभु? मैले छोए सुन पनि माटो हुने, तेस्ले छुँदा माटो पनि सुन हुन्छ अखिर किन ईश्वर? मन्दिर भित्रबाट चर्को स्वरमा यस्तै आवाज आईरह्यो । को रहेछ भगवानसँग गुनासो पोख्ने भन्दै पुजारी बाहिर निस्किए र चुपचाप ढोकाबाट चिहाई रहे । एक सुन्दर युवक रिसाउँदै ढाकोबाट बाहिरीएको देखेपछि के भयो वावु? पुजारीले मन्द मुस्काउँदै सोधे । तर जवाफै नफर्काई ति युवक आफ्नो बाटो लागे । मंसीरको महिना थियो, जाडो बढ्दै गएकोले पुजारी स्वेटर, कम्मल लगाएतका समाग्री खरिददारी गर्न बजार निस्किए । छिटो पुगिन्छ भनेर खोलाको किनार हुँदै हिनेका पुजारी भिर माथि उभिएर एकोहोरो तल खोला हेरीरहेको मानिस देखेपछि टक्क अडिए । साता अघि मन्दिरमा पसेर भगवानसँग गुनासो गरिरहेको युवक हर काम असफल भएपछि आत्महत्या गर्न भनेर त्यहाँ आएको रहेछ । लामो स्वास फेर्दै भने, वावु मर्छु भनेरै आएपछि मैले रोकेर त पक्कै रोकिन्नौ, मर्दामर्दै मेरो सहायता गरिदेउ । युवक छक्क परे मर्न आएको मान्छेले के सहयोग गर्ने होला ? मनमनै सोचे र भने, भन्नुस के गर्न सक्छु ? पुजारीले लोभी पाराले भने, पारी गाउँका व्यापारी मानिसको आँखा ५ लाख रुपैयाँमा किनेर बिदेशमा बिक्रि गर्छन् । मर्ने मान्छेलाई आँखाको के काम तिम्रो आँखा बेचौं मलाई बुढेस्कालमा बसी बसी खान पुग्छ । हात पनि बेच्ने हो भने २५ लाख पाईन्छ म लखपति भईहाल्छु । तिम्रो राम्रो श्राद्ध गरेर स्वर्गबासको लागि प्राथना पनि गरिदिन्छु । पुजारी अझ अरु अङ्ग प्रत्यङ्गका मूल्य सुनाउँदै थिए । युवक रिसले चुर हुँदै भने हे वावा जी, तपाई पुजारी कि व्यापारी ? म मर्न खोज्दै छु तपाईलाई व्यापार गर्नु छ? आफ्नै हात खुट्टा बेच्नुस र लखपति हुनोस् मलाई मर्न दिनोस् । पुजारी मुस्काए हेर बावु जिन्दगी अनमोल छ, हात खुट्टा, आँखा नाक तिम्रा शरिरमा हजार अङ्ग छन् सबै अङ्गका मोलमोलाई गर्ने हो भने मूल्य तोक्न सकिदैन बावु । भगवानले दिएको अनमोल जिन्दगी किन यसरी फाल्न खोज्दै छौ? सत्कर्म गर्दै जाउ अरुले के पायो भन्दा पनि आफूले गरेका कामहरु सम्झ । काम सुरु गर्नु पूर्व ईश्वरलाई स्मरण गर सफल भए धन्य प्रभु, असफल भए प्रभुको ईच्छा । कहिल्यै दुःखी हुनु पर्दैन मेरो छोरा । युवकलाई साँच्चै जिन्दगी अनमोल नै रहेछ भन्ने लाग्यो । पुजारीको पछि पछि बजार गए र उनले किनेका सबै समानको पैसा तिरिदिए अनि मुस्काउदै भने वुवा मेरो अङ्ग बेचेर लखपति हुन पाउनु भएन अनमोल जिन्दगीको तर्फबाट यति मूल्य स्वीकारीबक्सियोस् ।
READ ON NEW WEBSITE

Chapters